मुगु । नेपाली सेनाले नेपाल कै ठूलो र गहिरो ताल रारामा सन्चालन गरेको चौथो रारा ट्रेल रन प्रतियोगितको उपाधी राज्यलक्ष्मी र अक्कलले जितेका छन् ।
बर्सेनि नेपाली सेनाले आयोजना गर्दै आएको ट्रेल रनको चौथो पटकको रनको लागि नेपाल कै ठूलो ताल रारा ताल वरिपरि धावकहरुलाई प्रतिस्पर्धा गरिएको थियो । यो वर्षको ट्रेल रनको आयोजक नेपाली सेनाको हमुमान ध्वज गुल्म रारा रहेको छ ।
शुक्रबार विहान सन्चालन भएको रारा ट्रेल रनमा महिला र पुरुष गरि १९४ जना खेलाडीले सहभागिता जनाएका थिए ।
सहभागी पुरुष १६९ मध्य छायानाथ रारा नगरपालिका वडा न १४ वाम गाउका अक्कल बढुवाल (१७) ले निर्धारित १६ किमि दुरि १ घण्टा २ मिनेट १० सेकेण्डमा पार गर्दै प्रथम, कनकासुन्दरी गाउपालिका ३ का सेर बहादुर बुढाले १ घण्टा २ मिनेट ११ सेकेण्डमा पार गर्दै द्वितिय र कनकासुन्दरी २ जुम्ला कै चन्द्र रावतले १ घण्टा २ मिनेट २१ सेकेण्ड लगाएर तृतिय स्थान प्राप्त गरेका थिए ।
यस्तै महिला सहभागी ३५ जना मध्य गोठिचौर गाउपालिका-३ गज्याङ्गकोट गाउकी राज्य लक्ष्मी रावल (१९) ले निर्धारित १६ किलोमिटरको दुरि १ घण्टा १४ मिनेट ३३ सेकेन्डमा पार गर्दै प्रथम, पातारासी गाउपालिका-२ जुम्ला पेडा गाउकि कल्पना बुढाले १ घण्टा १४ मिनेट ५२ सेकेण्ड लगाएर तेस्राे र जुम्ला जिल्ला समिता बुढाले १ घण्टा १६ मिनेट ३१ सेकेण्ट लगाएर तेस्राे स्थान हात पारेका छन् ।
ट्रेल रनमा प्रथम, द्वितिय र तृतिय स्थान प्राप्त गर्ने महिला तथा पुरुष तर्फका विजेता खेलाडिहरुलाई जनही क्रमस ५० हजार, ४० हजार, ३० हजार नगदसहित ट्रफी र प्रमाण पत्र वितरण गरिएको छ ।
विजेताहरुलाई प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, छायानाथ रारा नपा कावा प्रमुख पदमराज मल्ल, हिमा गाउँपालिका जुम्लाका अध्यक्ष, उत्तर पश्चिम पृथना उपरथी कृष्णदेव भट्टले पुरस्कार, प्रमाण पत्र र ट्रफी प्रदान गर्नु भएको थियो ।
दौड प्रतियोगितामा जेष्ठ खेलाडी ५१ वर्षिय राजाराम बुढा (राज्यले हल्लायो) देखि कान्छा खेलाडी १५ वर्षिय दिपेन्द्र रावल प्रतियोगिका रुपमा सहभागी भएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच