काठमाडौं । अन्तराष्ट्रिय सगरमाथा दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको आज ७१ वर्ष पुगेको अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय , नेपाल पर्यटन बोर्ड , नेपाल पर्वतारोही सङ्घ लगायत अन्य पर्वतारोहण सङ्घ सस्थाले शेर्पा र हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेको स्मरण गर्दै सगरमाथा आरोहणको ७१ वर्ष पुगेको अवसरमा प्रभातफेरी आयोजना गरिएको छ ।
नेपालका तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिख आजकै दिन पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए।













देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता