स्मल हेभनको स्कुल बसमा पेट्रोल बम प्रहार गर्ने अभियुक्त पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

-हाेमनाथ सापकाेटा

चितवन । भरतपुर महानगरपालिका-५, कल्याणपुरस्थित स्मल हेभन स्कुलको बसमा आगजनी गर्ने एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

वैशाख ३० गते बागमती प्रदेश ०६-००१ क ००४५ नम्बरको विद्यार्थी बोक्ने स्कुल बसलाई भरतपुर-२०, दद्रहानी पुलमा रोकी पेट्रोल बम प्रहार गरेको आरोपमा प्रहरीले विश्वनाथ चौधरीलाई पक्राउ गरेको हो ।

ADVERTISEMENT

भरतपुर-२५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका चौधरीलाई जेठ ११ गते शोसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयाे । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको उहाँले बताउनुभयाे ।

कमरेड महेश र कमरेड महावीर उपनाम भएका विश्वनाथ चौधरी राष्ट्रिय मावि शोसीको अध्यक्ष भएको बुझिएको उहाँले जानकारी दिनुभयाे। चितवन जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिएर घटनाको थप अनुसन्धान गर्ने काम भइरहेको उहाँले बताउनुभयाे ।

आपराधिक क्रियाकलापमा विश्वनाथसँगै अन्य पाँचदेखि छ जना व्यक्ति संलग्न रहेको प्रहरीको अनुमान छ । राष्ट्रिय मावि शोसीले विश्वनाथ चौधरी पक्राउ परेको दिन विज्ञप्ति निकालेर विद्यालय हाताभित्र प्रवेश गरी हतियारधारी प्रहरीले चौधरीलाई पक्राउ गर्दा विद्यार्थीमा त्रास सिर्जना भएको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *