काठमाडौं । कलाकार बिराज बाँस्कोटाको अभिनय समेटिएको म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक गरिएको छ । काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी उक्त म्युजिकल पोइट्री सार्वजानिक गरिएको हो । पोइट्रीले मानिसको जीवन संघर्षलाई चित्रित गरेको छ ।
पोइट्रीलाई राज शेर्माले लेखन तथा निर्देशन गर्नुभएको छ भने उहाँकै आवाजमा भरिएको छ । विषम आचार्यको संगीतमा निर्माण भएको उक्त पोइट्रीमा कलाकार उत्तम केसी नेपाल, रश्मी पाण्डे, जेसिका पोख्रेल, सबृना क्षेत्री, एलिना थपलियालगायतको अभिनय छ । भिडिओको छायांकन योगेश दाहालले गर्नुभएको छ भने शृंगार विक्रम गौतमको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts