काठमाडौं । कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको यही जेठ १९ गते शनिबार एकल गजल प्रस्तुति हुने भएको छ । गजलकारद्वय राधा कँडेल र घनेन्द्र ओझाका शब्दमा सर्वनाम थिएटर, कालिकास्थानमा दिउँसो २ बजे सन्तोषले संगीत र स्वर सजाउनुहुनेछ । ‘गजल गायन’ नाम दिइएको कार्यक्रममा सन्तोषले राधा र घनेन्द्रका पाँचवटा गजल गाउनुहुनेछ ।
कार्यक्रममा सन्तोषको एकल संगीत र घनेन्द्रको एकल रचना रहेको पहिलो बहरबद्ध गजल एल्बम ‘शुभेच्छा’माथि चर्चासमेत हुने संगीतकार, गायक श्रेष्ठले जानकारी गराउनुभयो ।
एल्बममाथि लोकप्रिय संगीतकार राजु सिंहले समीक्षा गर्नुहुनेछ । कार्यक्रमलाई नेपाल गजल प्रतिष्ठान, यशश्वी प्रज्ञा प्रतिष्ठान र कलरक्राफ्टले सहकार्य गरेका छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता