कास्की । पोखरामा कांग्रेसको विद्यार्थी संगठन नेविसंघले गृहमन्त्रीको पुत्ला दहन गरेको छ । सहकारीको बचत अपचलनबारे छानबिन समिति गठनको माग गर्दै नेविसंघले पृथ्वी नारायण क्याम्पस अगाडि गृहमन्त्रीको पुत्ला दहन गरेको हो ।
पृथ्वी नारायण क्याम्पस नेवि संघको अध्यक्ष सुशिल न्यौपानेको संयोजनमा पृथ्वी नारायण क्याम्पस आगडि गृहमन्त्री रवि लामिछानेविरुद्ध र सरकारको रवैयाविरुद्ध राके जुलुस प्रदर्शन गरेको बताए ।
जुलुशमा सरकार गृहमन्त्रीविरुद्ध नाराबाजी समेत गरिएको थियो । प्रदर्शनलाई प्रहरीले हस्तक्षेप गर्न खोज्दा केही विद्यार्थी घाइते समेत भएका पृथ्वी नारायण क्यापस नेवि संघ इकाईका सचिब प्रयास कोइरालाले जानकारी बताए ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता