काठमाडौं । बेलायतका प्रधानमन्त्री सुनकलाई नेपालको जर्सी उपहार दिइएको छ । नेपाल र बेलायतबीचको सन् १९२३ को मैत्री सन्धिको शताब्दी मनाउन आयोजना गरिएको कार्यक्रममा बेलायतका प्रधानमन्त्री सुनकलाई चर्चित अभिनेत्री मनिषा कोइरालाले जर्सी उपहार हस्तान्तरण गर्नुभएको हो ।
सुनकलाई टी-२० विश्वकपमा खेल्ने जर्सी उपहारस्वरूप प्रदान गरिएको थियो । जर्सी उपहार पाएसँगै सुनकले खुसी व्यक्त गर्नुभएको थियो । नेपाल र बेलायतबीच १९२३ डिसेम्बर २१ मा एउटा सन्धि भएको थियो । जुन नेपालको इतिहासमै महत्वपूर्ण मानिन्छ । यो सन्धिका माध्यमले पहिलोपटक बेलायतले नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र रहेको घोषणा गर्दै यसलाई सार्वभौम सत्ता सम्पन्न मुलुकका रूपमा मान्यता दिएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता