चितवनमा ९७ वर्षकी वृद्धाको सफल शल्यक्रिया

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

-होमनाथ सापकोटा

भरतपुर । भरतपुरमा ९७ वर्षकी वृद्धाको सफल शल्यक्रिया भएको छ। म्याग्दी स्थायी घर भई हाल चितवनको वीरेन्द्रनगर बस्दै आएकी तमिसरा पुनको शल्यक्रिया गरिएको हो । नारायणी सामुदायिक अस्पतालमा सोही अस्पतालका कार्यकारी अध्यक्ष प्रा.डा. भक्तमान श्रेष्ठको टोलीले पुनको शल्यक्रिया गरेको हो ।

डा श्रेष्ठकाअनुसार बिरामी पुनको देब्रे स्तनमा दोस्रो तहको क्यान्सर देखेको थियो । जेठ १ गते अस्पताल भर्ना भएकी पुनको स्वास्थ्य जाँचका क्रममा क्यान्सर देखिएपछि स्तन नै निकालिएको डा श्रेष्ठले जानकारी दिनुभयो ।

ADVERTISEMENT

उहाँका अनुसार अहिले बिरामीको अवस्था सामान्य छ। अबको दुईरतीन दिनमा घर पठाउन सकिने उहाँले बताउनुभयो। नेपालमा सरदर ७० वर्ष उमेर पार गरेपछि शल्यक्रिया गर्नु उमेरका कारण जोखिम मानिन्छ। तर, परिवारका सदस्यहरुले जोखिम मोलेरै भए पनि शल्यक्रिया गर्न राजी भएपछि पहिलोपटक ९७ वर्षको महिलाको उपचार गरिएको डा श्रेष्ठले बताउनुभयो ।

२०५० सालदेखि चिकित्सकीय पेसामा लागेका डा श्रेष्ठले यसअघि ८३ वर्षका पुरुषको शल्यक्रिया गर्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज