काठमाडौं । पत्रकार सुरेन्द्र पौडेलले ‘एक्जिटो एक्सेलेन्स अवार्ड २०२४’ प्राप्त गर्नुभएकाे छ । पत्रकारहरुको तर्फबाट उहाँले उक्त अवार्ड प्राप्त गर्नुभएकाे हाे ।
अनुजा मिडिया र एक्जिटो इभेन्टले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच अवार्ड प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगरलगायत अतिथिहरुले पौडेललाई अवार्ड प्रदान गर्नुभएकाे हाे ।
पौडेल आर्थिक मिडिया प्रा.लि.का अध्यक्ष तथा आर्थिक आवाज पत्रिकाका सञ्चालक हुनुहुन्छ । अवार्ड प्रदान गर्ने संस्थाप्रति आभार व्यक्त गर्दै उहाँले अवार्डले आफ्नो क्षेत्रमा थप सक्रियताका साथ काम गर्न प्रेरणा मिलेको बताउनुभयाे ।
सामाजिक, व्यावसायिक तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तिहरुलाई उक्त अवसरमा अवार्ड प्रदान गरिएको अनुजा मिडियाका सिइओ अनुजा आचार्यले जानकारी दिनुभयाे । एक्जिटो इभेन्ट्सका डाइरेक्टर सफरिन सिलवालको अध्यक्षतामा कार्यक्रम भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच