भोजपुर । हङकङमा बसेर आख्यानमा कलम चलाउने कथाकार दाजु गुरुङको डायस्पोरिक कथा संग्रह लाइ-सी माथि भोजपुरमा परिचर्चा गरिएको छ ।
जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईको प्रमुख आतिथ्यमा भएको परिचर्चा कार्यक्रम प्रगतिशील लेखक संघ भोजपुरले संयोजन गरेको हो । संघका अध्यक्ष अमृका ताम्राकारको अध्यक्षतामा भएको कार्यक्रममा कथाकृति लाइ-सी माथि उपप्राध्यापक सुरेन्द्र कार्की, समीक्षक शरण बहादुर खत्री र कवि/गीतकार कमला प्रधानले कृतिमाथि परिचर्चा गर्नु भएको थियो । परिचर्चाकारहरूले कथाकृतिमाथि डायस्पोरिक प्रवृत्ति, दाजु गुरुङका कथामा लैङ्गिकता, दाजु गुरुङका कथागत विशेषताहरू माथि चर्चा गर्नु भएको छ ।
समग्रमा कथाकृति लाइ-सीले नेपाली साहित्यको कथा क्षेत्रमा एक राम्रो उपस्थिति जनाएको निष्कर्ष परिचर्चा कारहरूले प्रस्तुत गर्नुभयो । कार्यक्रममा खोटाङ जिल्लाको हलेसीमा सम्पन्न राष्ट्रिय कविता महोत्सवमा द्वितीय हुने भोजपुरका कवि संग्राम किरातीलाई सम्मान पनि गरिएको थियो भने उदयपुरका अतिथि कवि जीवन आरोहीले कविता वाचन गर्नु भएको आयोजक संस्थाका सचिव तथा कवि कविता राईले जानकारी दिनुभयो ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts