काठमाडौं । ऐतिहासिक राजनीतिक घटनामाथि बन्न लागेको चलचित्र ‘कोतपर्व’को मुख्य भूमिकामा नायक रोशन श्रेष्ठ अनुबन्धित भएका छन् । निर्माण कम्पनी र अभिनेता श्रेष्ठबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
चलचित्रलाई निर्देशक रिमेश अधिकारीले निर्देशन गर्देछन् ।
भर्खरै मात्र चलचित्र “यो मन त मेरो नेपाली हो” निर्माण तथा मुख्य भुमिका निर्वाह गरेका रोशन श्रेष्ठले यो भन्दा अगाडि दर्जनौ चलचित्रमा अभिनय गरिसकेका छ्न् । नायक रोशनलाई सुहाउँदो एक मुख्य पात्र भएकोले र रोशन कुसल कलाकारसमेत रहेकाले कोत पर्वको एक मुख्य भुमिकामा लिएको निर्देशक अधिकारीले बताए ।
अधिकारीकाअनुसार आगामी माघ देखि छायांकन गर्ने तयारी रहेको चलचित्रमा यसअघि सौगात मल्ल, रमेश उप्रेती र बेनिशा हमाल अनुबन्ध भैसकेका छ्न् । अन्य कलाकारहरू तय गर्ने क्रममा रहेको उनको भनाई छ ।
चलचित्र कोतपर्वलाई हिन्दी तथा चाइनिज भाषामासमेत डबिङ गरि विश्वभर एकसाथ रिलिज गरिने तथा चलचित्रको पोस्टप्रोडक्सनको सम्पुर्ण काम मुम्बईमा गरिने पनि अधिकारीले जानकारी दिए ।
कोतपर्व नेपालकै दोस्रो ठूलो हत्या काण्डको रुपमा स्मरण गरिन्छ । त्यही घटनाको पेरीफेरीमा रहेर चलचित्र निर्माण गर्न लागेको निर्देशक अधिकारीकाे भनाई छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा