काठमाडौं । गीतकार अम्बिका गुरुङको नयाँ गीत ‘तस्वीर’ सार्वजनिक भएको छ । दार्जिलिङ निवासी गायक स्माइल दासको स्वर, शंकर थापा (स्माइल)को संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भिडियो मनाङ जिल्लाका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ ।
भवसागर इन्टरटेन्टमेन्ट एलएलसी च्यानलमार्फत दर्शकमाझ ल्याइएको गीतको भिडियोलाई केशवराज भट्टले निर्देशन गर्नुभएको हो ।
भिडियोमा प्रभातपाल ठकुरी, प्रनिमा दाहाल र देवेन्द्र बरालको अभिनय छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा मिलन श्रेष्ठ र बन्देप्रसादले सम्पादन गर्नुभएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता