काठमाडौं । नवौँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी-४) २०२४ मा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली आज (शुक्रबार) भियतनामको दनाङ प्रस्थान गर्ने भएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गर्नुभएको थियो ।
प्रतियोगितामा पलेशा गोवद्र्धनले महिला ५७ केजीमुनि, भरतसिंह महताले पुरुष ५८ केजीमुनि र अमिर भ्लोनले पुरुष ६३ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा कविराज नेगी लामा रहनुभएको छ । प्रतियोगितामा ३१ राष्ट्रका खेलाडी सहभागी हुँदैछन् ।
पलेशाले छनोट चरण पार गरेर पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरिसक्नुभएको छ । छनोट चरण पार गरेर पारालिम्पिकमा सहभागिता पक्का गर्ने पलेशा पहिलो र एकमात्र खेलाडी हुनुहुन्छ ।
पलेशाले चीनको ताइवानमा गत चैत ४ गते भएको एसियाली छनोटमा स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा छनोट हुनुभएको थियो ।
नेपाल तेक्वान्दो संघले पेरिस पारालिम्पिकमा सहभागी गराउन अमिर र भरतको वाइल्ड कार्डका लागि आवेदन दिइसकेको प्रशिक्षक लामाले जानकारी दिनुभयो ।
एसियन च्याम्पिनसिपबाट र्याङकिङमा आउन र र्याङकिङमा सुधार गर्न मद्दत पुग्ने भएको हुँदा अमिर र भरतलाई सहभागी गराइएको हो ।
प्रशिक्षकको भूमिकामा रहनुभएका लामाले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । उहाँको प्रशिक्षणमा नेपालले तीन स्वर्ण, दुई रजत र पाँच कांस्य पदक जितेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा