
काठमाडौं । चलचित्र ‘रावायण’मा रहेका तीन गीतको भारतमा रेकर्ड गरिएको छ । चलचित्रको शीर्ष गीत, रोमान्टिक गीत र आइटम गीत रेकर्ड गरिएको हो । शीर्ष गीतमा भारतीय गायक नकासा अजीजको स्वर छ । नकासाले बलिउड चलचित्र ‘बजरंगी भाइजान’को ‘सेल्फी ले ले रे’, ‘फेन्टम’को ‘अफगान जलेबी’, ‘आर राजकुमार’को ‘सारी के फल से’, ‘ट्युबलाइट’को ‘नाँच मेरी जान’ र ‘उचाइँ’को ‘केटी को’ जस्ता गीतमा स्वर दिनुभएको छ ।
त्यस्तै चलचित्रको रोमान्टिक गीतमा कुनाल गाञ्जावालाको स्वर छ । कुनालले बलिउड चलचित्र ‘मर्डर’को ‘भिघे ओठ तेरे’, ‘पार्टनर’को ‘दुपट्टा तेरा’, ‘शीसा’को ‘यार को मेने’, ‘काल’को ‘काल धमाल’, ‘धुम’को ‘सलामे’लगायत चर्चित गीत गाउनुभएको छ ।
त्यस्तै अर्को गीतमा गायिका सोनु कक्करको स्वर छ । सोनुले ‘रावायण’का लागि आइटम गीत गाउनुभएको छ । सोनुले गाएका बलिउड चलचित्र ‘दम’ को ‘बाबु जी जरा धिरे चलो’, ‘ब्लू’को ‘ब्लू थिम’, ‘जिष्म २’ को ‘ये कसुर’, ‘क्वीन’ को ‘लण्डन’ लोकप्रिय छन् । तीनवटै गीतमा भारतीय संगीतकार रेवन सिंह र निरज सिंहको संगीत छ । चलचित्रका निर्देशक सुदर्शन थापाले नेपालमा संगीत तयार पारेर भारतमा गई गीत रेकर्ड गर्ने चलन भइरहँदा आफूले भने सबै काम भारतमा नै गरेको बताउनुुभयो ।
चलचित्रमा पूजा शर्मा, पल शाह, प्रियंका कार्की, प्रमोद अग्रहरि, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल र प्रदीप ढकाललगायतको अभिनय छ । शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको एक्सन रहेको चलचित्रलाई उपत्यकामा ऋच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच