काठमाडौं । लोकगायक प्रकाश कटवाल राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा निर्वाचित हुनुभएको छ । शनिबार राति सम्पन्न संघको छैटौं केन्द्रीय महाधिवेशनमा भएको निर्वाचनले प्रकाशको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा उमा श्रेष्ठ, प्रथम उपाध्यक्षमा अमृत खाती, उपाध्यक्षमा रमेश दुलाल (कागे), कुमार कार्की, जीवन परियार र तीर्थबहादुर श्रेष्ठ (मिलन), महासचिवमा विनोद ढकाल, उपमहासचिवमा मानबहादुर तामाङ र रविन्द्र रिमाल, सचिवमा दिनेश डाँगी, शोभा थापा, आशा लामा, रूपक परियार निर्वाचित हुनुभयो ।
यस्तै सहसचिवमा स्मृति गौतम, प्रवक्तामा सविन चौहान, कोषाध्यक्षमा गोविन्द गौतम र सहकोषाध्यक्षमा टीका सानु निर्वाचित हुनुभयो । सदस्यहरूमा नवराज भट्टराई, कुलबहादुर वली, दिनेश भण्डारी, नक्कुलप्रसाद गौतम, प्रदीप रोक्का, अशोक सापकोटा, रूपेश पुडासैनी, ऐनबहादुर दौड्याल, दिलु बिसी, ढकबहादुर खत्री, उमेश शिवाकोटी, दिलबहादुर भण्डारी (दिनेश), यज्ञकुमारी रुचाल, शंकर ढकाल, सुमि श्रेष्ठ, निरुता खत्री, प्रतीमा अर्याल र सुजता केसी निर्वाचित हुनुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता