
काठमाडौं । पहिलो संस्करणको जयकुमारनाथ शाह मेमोरियल यू-१६ अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि सैनिक आवासीय महाविद्यालयले जितेको छ । आइतबार मूलपानी मैदानमा भएको फाइनल भिडन्तमा सैनिकले मोक्षदा स्कुललाई १० विकेटले पराजित गर्दै उपाधि चुमेको हो ।
वर्षाले प्रभावित खेलमा मोक्षदाले दिएको ७० रनको लक्ष्य सैनिकले विनाविकेटको क्षतिमा पूरा गर्यो । नौ ओभरमा उक्त लक्ष्य पाएकोमा सैनिकले ६.५ खेल्न बाँकी छदा पूरा गर्यो । सैनिकका लागि रमन गिरीले ३५ र रोजल खड्काले ३३ रन जोडनुभयो ।
त्यसअघि पहिले ब्याटिङ गरेको मोक्षदाले २० ओभरमा आठ विकेटको क्षतिमा १४२ रन जोडेको थियो । उसका लागि संयम नेपालले ३७ रन बनाउनुभयो । पहिलो इनिंगस सकिएपछि वर्षा हुँदा डिएसएल मेथडका खेल नौ ओभरमा झार्दै ७० रनको लक्ष्य दिइएको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एन्जल्स हार्ट स्कुलका युवराज खत्री घोषित हुनुभयो । उत्कृष्ट बलर मोक्षदाका इशान साह र उत्कृष्ट ब्याटर मोक्षादकै संयम नेपाल हुनुभयो । प्रतियोगिताको इमर्जिङ खेलाडी सैनिकका सफल पौड्याल हुनुभयो ।
काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा १६ स्कुलले भाग लिएका थिए । नेपाल क्रिकेट संघका पूर्वअध्यक्ष जयकुमारनाथ शाहको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच