काठमाडौं । रश्मि भट्टको कथासंग्रह ‘शून्यबाट सुरु’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनमा उक्त कृतिको लोकार्पण गरिएको हो ।
प्राडा.वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यता, अनेसास बिओेटीका सल्लाहकार गीता खत्रीको बिशिष्ट, अनेसासका पूर्वअध्यक्ष राधेश्याम लेकाली, अनेसास केन्द्रीय कार्यसमितिका उपाध्यक्ष डा.रेणुका सोलु, अनेसास केन्द्रीय महासचिव विमला निरौला, नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ तथा काव्य विभाग प्रमुख बाबा बस्नेत, अनेसासका सल्लाहकार प्रतीक ढकाल, अनेसास विओटी सदस्य डा.दामोदर पुडासैनीको विशेष आतिथ्यता रहेको कार्यक्रममा अनेसा नेपाल च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुलीले स्वागत मन्तव्यमार्फत राख्नुभएको थियो ।
कृतिमाथि डा.दामोदर पुडासैनी पुडासैनी र डा.रेणुका सोलुले समीक्षात्मक मन्तव्य राख्नुभएको थियो भने महासचिव विमला निरौला, राधेश्याम लेकाली, प्रतीक ढकाल, बाबा बस्नेत, गीता खत्रीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा गायक तथा संगीतकार एवं श्रुति संगीत विद्यालयका अध्यक्ष नरहरि प्रेमी तथा ठाडो भाका लोककला प्रतिष्ठानकी सीतादेवी दुराले सांगीतिक प्रस्तुति पस्किनुभएको थियो ।
लोकार्पित कृतिका स्रष्टा भट्टले कृति प्रकाशनका बारेमा आफ्नो मन्तव्य राख्नुभएको थियो भने प्राडा.वासुदेव त्रिपाठीले रश्मि भट्टका पूर्वप्रकाशित कृति तथा लोकार्पित कृतिका विषयमा र नेपाली साहित्य र समलोचनाका विषयमा बोल्दै प्रमुख अतिथीय मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष मञ्जिला शर्माले कार्यक्रममा उपस्थित अतिथिहरूलाई धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमका सभापति राजेन्द्र केसीले शुभकामना मन्तव्यसहित कार्यक्रमलाई समापन गर्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts