काठमाडौं । आज (बुधबारदेखि) ‘इन्टर कलेज फुटसल च्याम्पियनसिप’ हुँदैछ । अखिल नेपाल फुटवल संघको आयोजनामा यो प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्लस टु र ब्याचलर तहमा अध्ययनरत विद्यार्थी सम्मिलित कुल १६ टिमको सहभागिता रहनेछ ।
सहभागी टिमहरूलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलहरू खेलाइनेछ । प्रतियोगिताका सम्पूर्ण खेलहरू लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको कभर्डहलमा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोट्र्सबाट हुने भएको छ । उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिस मिडिया नेटवर्कले एक्सन स्पोट्र्स एचडी वान च्यानलबाट गर्नेे भएको हो । उक्त सम्झौतामा प्याराडाइम ग्रुपका तर्फबाट सिसन बानियाँ र डिस मिडिया नेटवर्कका तर्फबाट बिजिनेस डेभलमेन्ट हेड भूपाल सिंह बस्नेतले हस्ताक्षर गर्नुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा