चितवन । चितवनको रत्ननगरमा सुकुमबासी समुदायलाई सोमबार लागुऔषध दुर्व्यसनी सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको छ ।
रत्ननगर जेसीजको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत रत्ननगर वडा नं १२ स्थित शालघाली सुकुमबासी समुदायलाई लागुऔषध दुर्व्यसनी सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको हो । सुकुमबासी समुदायका युवाहरु कुलतमा फस्नेक्रम बढ्दै गएपछि सचेतनामुलक कार्यक्रम गरिएको रत्ननगर जेसीजका अध्यक्ष नरहरी पुरीले बताउनुभयो ।
गरिव बस्तीहरुमा लागु औषध प्रयोग बढि हुने गरेको भन्दै उहाँले लागु औषधको जोखिमबाट युवाहरुलाई बचाउन समुदाय केन्द्रीत कार्यक्रम गरिएको उहाँको भनाइ छ । वडा कार्यालयको सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा सपोर्ट एण्ड केयर पुनस्र्थापना केन्द्र टिकौलीका प्रकाश शाह र सन्तोष ढकुरीले सहजीकरण गर्नुभएको थियो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष सुन्दरमणि सुवेदी लागु औषधको बढ्दो प्रयोगले समाजमा विखण्डन ल्याउने गरेको भन्दै यसलाई रोक्न स्थानीय सरकारले योजना बनाएर काम गरिरहेको बताउनुभयो ।
लागुऔषधले मानव स्वास्थ्यमा मात्र नभई घर र समाजमा समेत असर परेको उहाँका भनाई छ । कार्यक्रममा जेसीजका मुल संयोजक रामप्रसाद पाण्डेले रत्ननगर जेसीजको रजतजयन्ती तथा जेसीज सप्ताहमा जिल्लामै दीर्घकालीन प्रभाव पर्ने रत्नविन समिटदेखि सम्मान केन्द्रीत कार्यक्रम गरिएको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा रत्ननगर जेसीजका संस्थापक अध्यक्ष निजानन्द मल्लले लागु औषधले समाजमा नराम्रोसँग जरा गाडेको भन्दै यसको निर्मुलीकरणको लागि अभियान चलाउनुपर्ने बताउनु भयो । रत्ननगर जेसीजका अध्यक्ष पुरीको अध्यक्षतामा भएको कार्यक्रम सहसचिव प्रवल भूर्तेलले सञ्चालन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच