काठमाडौं । नेपाली काँग्रेसका नेता तथा नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ का नवनिर्वाचित सांसद अर्जुननरसिंह केसीले समानुपातिक सांसदहरु पार्टी सभापतिले टुंगो लगाउने कुरामा असहमित जनाउनुभएको छ ।
शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले पार्टी सभापति शेरबहादुर देउवालाई समानुपातिक सांसदहरुको टुंगो लगाउने जिम्मा दिएको भन्दै उहाँले पार्टी सभापतिलाई मात्रै सांसद चयन गर्ने जिम्मा दिनु नहुने बताउनुभएको हो ।
आज केन्द्रिय पार्टी कार्यालयमा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले पार्टी सभापतिलाई समानुपातिक सांसद चयन गर्ने जिम्मा दिएको थियो । उहाँले पार्टी सभापतिलाई यस्तो विषय दिँदा जस, अपजस आउने भन्दै उहाँले केन्द्रिय कार्यसमिति वा सम्पूर्ण पदाधिकारीको सामूहिक प्रयासबाट सांसदको टुंगो लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पदाधिकारीहरुको छलफलबाट नै समानुपातिक सांसदहरु चयन हुनुपर्ने र पदाधिकारीहरुको सामुहिक निर्णय हुनुपर्ने बताउनु भयो । उहाँले सभापतिबाट हुने निर्णय व्यक्तिकेन्द्रित हुने भन्दै पदाधिकारीहरुको छलफलबाट नै समानुपातिक उम्मेदवारको टुंगो लाग्नुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘सभापतिले पदाधिकारी र अन्य साथीहरुसँग परामर्श गरेर अन्तिम नामावली टुंगो लगाउने निर्णय भएको छ । जस अपजस आउनेकुरा सभापतिलाई दिनु भन्दा छलफलबाट नै टुंगो लाग्नुपर्ने वा पदाधिकारीहरुसँग बसेर सामुहिक निर्णय होस् भन्ने चाहना हो । व्यक्तिकेन्द्रित रुपबाट गरिँदा जस, अपजस आउँछ । सबै पदाधिकारी बसेर निर्णय हुनुपर्छ ।’
नेता केसीले समानुपातिक उम्मेदवारहरु चयन गर्दा पार्टीले सबै क्षेत्र र वर्गलाई समेटेर समानुपातिक प्रतिनिधत्व हुनुपर्ने माग गर्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts