काठमाडौं । स्वरुपराज आचार्यको स्वरमा रहेको गीत ‘सम्मालेर राखेको छु’ सार्वजनिक भएको छ । सुरेन्द्र दियालीको शब्द र नवीन कार्कीको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
व्यापार र अभिनयमा सक्रिय गीतकार सुरेन्द्रले आफ्नै परिवेशको कथालाई गीतका शब्दमा उन्ने कोसिस गरेको बताउनुभयो । जातीय र वर्गीय विभेदका कारण प्रेम गर्ने जोडीहरूमा परेको प्रभाव गीतले समेटेको छ ।
निकेश खड्काको निर्देशन रहेको गीतको भिडियो नायिका तथा मोडल गरिमा शर्मा र गीतकार सुरेन्द्र स्वयंले अभिनय गर्नुभएको छ । भिडियोमा उत्तम हुमागाईंको छायांकन रहेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता