
भोजपुर । नेकपा (एमाले) भोजपुरको जिल्ला सदरमुकाममा जारी नवौं जिल्ला अधिवेशनले सर्वसम्वतरुपमा नेतृत्व चयन नगर्ने देखिएको छ ।
आगामी नेतृत्वका लागि दुई पक्षबिच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।
जिल्लाको नेतृत्वका लागि अध्यक्ष शरणकुमार राई र उपाध्यक्ष मक्कर खड्काको दावी रहेको छ । अघिल्लो अधिवेशनमा पनि अध्यक्षका लागि दुवै जनाको दावी रहेको थियो । तर अध्यक्ष र उपाध्यक्षमा मिलेर जाने सहमति अनुसार नेतृत्व चयन भएको थियो । अगाडीको जस्तो यस पटक भने मिलेर जाने भन्दा पनि चुनावी प्रक्रिया नै हुने अधिवेशनमा सहभागि नेता कार्यकर्ताहरुको धारणा देखिएको छ ।
बर्तमान अध्यक्ष शरणको तर्फबाट उपाध्यक्षमा कृपाशुर शेर्पा, सचिवमा ज्ञानेन्द्र कार्की, उपसचिवमा जगत चौहान र उपसचिव (महिला) मा मेरिका राई लगायतको चर्चा रहेको छ । यस्तै उपाध्यक्ष मक्करको प्यानलबाट उपाध्यक्षमा किरण राई (हालका सचिव), सचिवमा एक्सन राई, उपसचिवमा दौलथ कुलुङ, उपसचिव (महिला) मा रमा राई उठ्ने चर्चा रहेको छ ।
बिहिवारबाट सुरु जिल्ला अधिवेशनको उदघाटन केन्द्रिय उपाध्यक्ष रामबहादुर थापाले गर्नु भएको थियो । अधिवेशनका लागि स्थानीय तहका ८१ वटै वडाहरु र जनबर्गिय संगठनहरुबाट गरी छ सय नौ जना प्रतिनिधीहरु छनौट गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच