नक्कली सर्टिफिकेटको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली सर्टिफिकेट बनाएको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलिया जानकारी दिनुभयो ।

उहाँका अनुसार बस्नेतको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै छानबिन गरी कारबाही गर्नका लागि आयोगमा उजुरी परेको थियो ।

ADVERTISEMENT

अनुसन्धानका क्रममा बस्नेतले माध्यमिक शिक्षा परिषद्‍ क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली प्रमाणपत्र पेश गरी विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिई बढुवासमेत भई पुष्टि भएको थियो ।

बस्नेतको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६(१) बमोजिमको कसुर भएकोले माधव बस्नेतलाई सोही ऐनको दफा १६९१० बमोजिम कैद र जरिवाना हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?