चितवनमा ठुलो परिमाणमा लागुऔषधसहित एक जना पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

-हाेमनाथ सापकाेटा

चितवन । चितवनको रत्ननगरबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषधसहित कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीबाट खरिटएको प्रहरीको टोलीले सो नगरपालिकाको वडा नं १३ जयमंगला निवासी बिमलराज श्रेष्ठलाई पक्राउ गरेको हो ।

प्रहरीलाई प्राप्त सुचनाका आधारमा श्रेष्ठको घर खानतलासी गर्दा ठुलो परिमाणमा लागुऔषध फेला परेको डिएसपी डा.हेम केसीले जानकारी दिनुभयो । प्रहरीले श्रेष्ठको घरबाट प्रतिबन्धित औषधि ड्याजेपाम ४१ एम्पुल, बुप्रेनोफिन ४१ एम्पुल, प्रोमेथाजिन ४१ एम्पुल गरी १२३ एप्पुल र निट्राजेपाम ६०० टेयाबलेट, ट्रामाडोल ५९० ट्याबलेट, अनर्गन ९१० र प्रोमेथ ७०० ट्याबलेट बरामद गरिएको डिएसपी केसीले जानकारी दिनुभयो ।

ADVERTISEMENT

पक्राउ परेका श्रेष्ठलाई लागुऔषध कसुरमा मुद्दा दायर गरी अनुसन्धान भइरहेको केसीले जानकारी दिनुभयो । औषधि पसलबाट प्रतिबन्धित औषधिहरु विक्री वितरण भइरहेको सुचना पाएको भन्दै डिएसपी केसीले अब औषधि पसलकोसमेत अनुगमन गरी प्रतिबन्धित औषधि बरामद गर्ने योजना रहेको बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?