काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले १०औं स्थापना दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ । संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनको अध्यक्षतामा काठमाडौंमा बसेको कार्य सम्पादन समितिको बैठकले स्थापना दिवसको अवसरमा पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको महासचिव दीपक गुरुङले जानकारी दिनुभयो ।
गुरुङलाई नै उक्त कार्यक्रम व्यवस्थापन गर्नका लागि संयोजकको जिम्मेवारी पनि कार्यसम्पादन समितिले दिएको छ । २०७१ सालमा नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना भए पनि नेपाली कांग्रेसले २०७९ साउनमा भ्रातृ संस्थाको मान्यता दिएको थियो ।
कार्यसम्पादन समितिले लोकतान्त्रिक संघको अधिवेशनको खाका पनि अनुमोदन गरेको छ । जसनुसार केन्द्रीय महाधिवेशन २०८१ माघ ३० गतेभित्र सम्पन्न गर्नेगरी तालिका पारित गरेको हो । जसनुसार वडा इकाई अधिवेशन भदौ २१ गतेसम्म सम्पन्न गर्ने मिति तय गरिएको छ भने पालिका अधिवेशन भदौ ३१ सम्ममा सम्पन्न गर्ने उल्लेख छ ।
त्यस्तै, असोज ३० गतेसम्म क्षेत्रीय (प्रदेशसभा तथा संसदीय निर्वाचन) अधिवेशन गर्ने र जिल्ला अधिवेशन कात्तिक ३० गतेभित्र सम्पन्न गर्ने उल्लेख छ । त्यसैगरी प्रदेश अधिवेशनका लागि मंसिर ३० सम्मको समय तोकिएको छ भने केन्द्रीय महाधिवेशन माघ ३० गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको प्रवक्ता दामोदर अर्यालले जानकारी दिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts