
जिल्लाको सत्यवती गाउँपालिका- ६, खैरेनीका कमलदिन मियाँका १४ वर्षीय छोरा युवराजदिन मियाँको बडिगाड खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शुक्रबार साँझ करिब ६:०० बजेको समयमा युवराजदिन मियाँ बल्छिबाट माछा मार्न भनी बडिगाड खोलामा गएका थिए । साँझ ८:०० बजेसम्म घर नआएपछि छर छिमेकी मिलेर खोजतलास गर्ने क्रममा खोलाको किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शंकर पोखरेलले जानकारी दिनुभयो ।
राती करिब १०:०० बजेको समयमा नै घटना बारे जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय जोहाङका प्रहरी नायब निरीक्षक ज्ञान बहादुर खत्रीको कमान्डमा चार जनाको प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धानसंगै मुचुल्काको लागि इलाका प्रहरी कार्यालय रिडिबाट प्रहरी निरीक्षक अनिल थापाको कमान्डमा प्रहरी पुगेको बताइएको छ । शवलाई पोस्टमार्टमका लागि तम्घास अस्पतालमा ल्याइदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच