उपराष्ट्रपति यादवद्वारा गढीमाई दर्शन

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 3 mins

बारा । उपराष्ट्रपति रामसहाय प्रसाद यादव गृह जिल्ला पुगेर सोमबार बलीमा विश्व प्रसिद्ध गढीमाईको दर्शन गर्नु भएको छ ।

बलीमा विश्व प्रसिद्ध गढीमाई मन्दिरमा हरेक पाँच पाँच वर्षमा लाग्ने मेला शुरु भएको छ । मेला शुरु भएसँगै देश विदेशका भक्तजनहरु मेला भर्न आउने क्रम बढेको छ । यसै क्रममा उपराष्ट्रपति रामसहाय यादवले विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारेर गढीमाईको दर्शन गर्नु भएको छ । राष्ट्रपति यादवले सोमबार बिहान साढे १० बजे गढीमाईको दर्शन र पुजाआजा गरी पूजारीबाट टिकाप्रसाद समेत ग्रहण गर्नु भएको हो ।

बाराको सदरमुकाम कलैया देखि ७ किलोमीटर पूर्वमा रहेको गढीमाई मन्दिर महागढीमाई नगरपालिका-१ मा पर्दछ । बाटोघाटोको राम्रो सुविधा भएको कारण देश विदेशबाट आउने जानेहरुको लागि कुनै समस्या नभएकाेले गढीमाई मेला मूल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताउनुभयो ।

ADVERTISEMENT

गढीमाई मेलाको अवसर पारेर गढीमाई मन्दिरमा बिदेशी पर्यटकहरुको समेत घुइँचो लाग्ने गरेको छ उहाँले भन्नुभयो,‘प्रत्येक पाँच पाँच बर्षमा लाग्ने विश्व प्रसिद्ध गढीमाई मेलाले नेपालको एउटा बेग्लै पहिचान बनाएको छ । गढीमाईको दर्शन गर्न स्वदेशबाट मात्र होइन भारत लगायत विश्वका हरेक कुना काप्चाबाट भक्तजनहरु आउने गरेका छन् ।' यसै क्रममा सोमबार उपराष्ट्रपति रामसहाय यादवले समेत गढीमाईको दर्शन गरी मेलाको निरीक्षण र अवलोकन गर्नु भएको उहाँले बताउनुभयो ।

गढीमाई मेला मंसिर ०१ गते देखि शुरु भइसकेको छ । गढीमाई मेला मूल संचालन तथा व्यवस्थापन समितिका प्रवक्ता परमहंश यादवले भन्नुभयो,‘ मेला १ गते देखि शुरु भएपनि मुल मेला भने मंसिर १७ गते देखि सुरु भएको छ ।' पशु बलीको लागि बिश्वमै प्रसिद्ध रहेको गढीमाई मेलामा मंसिर २३ गते राँगा (पाडा), २४ गते खसी र बोकाको बली दिइने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

गढीमाई मन्दिर दर्शन गर्न आएका उपराष्ट्रपति रामसहाय यादवलाई महागढीमाई नगरपालिकाका नगरप्रमुखलगायत गढीमाई मेला मुल संचालन तथा ब्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?