काठमाडौं । गीतकार एलेक्स शर्माको नयाँ गीत ‘मलाई माफ गरिदेउ’ सार्वजनिक भएको छ । प्रताप दासको स्वर र अर्जुन पोख्रेलको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
कुल केसीको निर्देशन रहेको गीतको भिडियोमा एलेक्ससँगै मौसम खड्का र रविन्द्र दर्नेलको मुख्य अभिनय छ । सरोज शाहीको छायांकन रहेको भिडियोलाई केही दिनअघि काठमाडौंमा एक कार्यक्रमबीच विमोचन गरिएको थियो ।
भिडियोलाई शुभकामना दिन नेपाली कांगेसका महामन्त्री विश्वप्रकाश शर्मा, सामाजिक अभियान्ता भाग्य न्यौपाने, रमेश खरेललगायत पुग्नुभएको थियो । माया प्रेम र विछोडको कथा समावेश गरिएको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts