काठमाडौं । गायिका खुशी थुलुङ्ग राईको गीतिसंग्रह ‘खुशीका रङ्गहरू’ विमोचन गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच उक्त गीतिसंग्रसँगै ‘प्रेमको अर्थ’ नामक भिडियोलाई पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विमोचन गर्नुभएको हो । उहाँले सार्वजनिक गीतिसंग्रहलाई सफलताको शुभकामना दिँदै गीतसंगीत मन परेको प्रतिक्रिया दिनुभएको थियो ।
गायिका खुशीले आफ्नो पहिलो गीतिसंग्रह सार्वजनिक समारोहमा पाएको माया, हौसला र प्रतिक्रियाले अगाडि बढ्न प्रेरित गर्ने बताउनुभयो । संग्रहमा आठ गीत संग्रहित भए तापनि पहिलो गीत ‘प्रेमको अर्थ’को मात्र भिडियो सार्वजनिक गरिएको थियो । उक्त गीतमा क्रान्ति सुब्बाको शब्द र हरि लम्सालको संगीत छ । गीतको भिडियोमा रुक्मान लिम्बू र करिश्मा श्रेष्ठको अभिनय छ । गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गर्नुभएको हो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts