बैतडीमा लागुऔषधसहित एक जना पक्राउ

डम्बर बोहरा बैतडी, संवाददाता
डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीमा लागुऔषध खैरो हिरोइनसहित थप एक जना पक्राउ परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका-४ का २४ बर्षिय सन्तोष टमटा ६० मिलिग्राम लागु औषध खैरो हिरोइनसहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा टमाटालाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमबिक्रम केशीले जानकारी दिनुभयो ।

ADVERTISEMENT

मोबाइलको पछाडी पट्टिको खोलमा कागजको ५ ओटा पुडिया बनाइ लुकाइराखेको अवस्थामा खैरो हिरोइनसहित टमाटालाई पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका टमाटामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि शनिबार दुई सय मिलिग्राम खैरो हिरोइनसहित झुलाघाटबाट पक्राउ परेका दशरथचन्द नगरपालिका-५ का २२ बर्षीय विरेन्द्र रावललाई अदालतबाट १० दिनको म्याद थपेर लागू औषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *