
नयाँ दिल्ली । अभिनेत्री सन्नी लियोनीले हिमेश रेशमियासँग रोमान्स गर्ने भएकी छन् ।
प्रभु देवाको निर्देशनमा बन्न लागेको यस फिल्ममा सनी लियोनी महत्त्वपूर्ण भूमिकामा देखिनेछिन् । भने फिल्मा रेशमिया पनि रहेका छन् ।
सन्नीको प्रभुदेवासँगको दोस्रो प्रोजेक्ट हो । अभिनेत्रीले यसअघि फिल्म ‘पेट्टा र्याप’को गीतमा प्रभुसँग काम गरिसकेकी छिन् । सन्नी लियोनी र हिमेश रेशमियाले सँगै काम गर्न थालेको यो पहिलो पटक हो ।
लियोनी आवद्ध यो नयाँ फिल्मको सुटिङ विदेशमा हुनेछ । यसका लागि अभिनेत्री मस्कट पुगिसकेको बताइएको छ । । नयाँ फिल्मको नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
हाल अभिनेत्री चर्चित डेटिङ शो ‘स्प्लिट्सभिला’को १५ औँ सिजन होस्ट गरिरहेकी छिन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच