
प्रिटोरिया । दक्षिण अफ्रिकी फुटबलर तथा ओलम्पियन लुक फ्लेर्सको गोली हानेर हत्या गरिएको छ । २४ वर्षीय डिफेन्डर लुकको गोली प्रहार गरेर हत्या गरिएको बीबीसीले जनाएको छ ।
हनीड्यु क्षेत्रको पेट्रोल पम्पमा आफ्नो पालो पर्खिरहेका बेला उहाँमाथि गोली प्रहार भएको समाचारमा उल्लेख छ । ‘लुकको जोहानेसबर्गमा लुटपाटपछि हत्या गरिएको थियो, ‘क्लब काइजर चिप्सले विज्ञप्तिमा भनेको छ, ‘यस दुःखद् घडीमा उहाँका परिवार र साथीहरूप्रति हाम्रो समवेदना ।’
प्रहरी प्रवक्ता माभेला मासोन्डोले आक्रमणकारी लुकको कार लिएर भागेको बताउनुभएको छ । प्रहरीले कार लुटपाट र हत्याको अनुसन्धान गरिरहेको छ । फ्लेर्स टोकियो ओलम्पिकमा दक्षिण अफ्रिकाको टोलीमा थिए । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच