
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल)मा दिल्ली क्यापिटलविरुद्ध कोलकाता नाइट राइडर्सले १०६ रनको शानदार जित निकालेको छ ।
टस जितेर सुरुमा ब्याटिङ गरेको कोलकाताले दिल्लीलाई २७३ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा दिल्ली ले १७.२ बलमा सबै विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो।वीडीसीए क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २७२ बनाएको थियो।
कोलकाताका लागि सुनील नारायणले सर्वाधिक ८५ रन बनाए। ३९ बल खेलेका उनले ७ चौका र ७ छक्का प्रहार गरे। अंगकृष रघवंशीले २७ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन बनाए।आन्द्रे रसेल १९ बलमा ४१, रिन्कु सिंह ८ बलमा २६ रनमा आउट हुँदा फिल साल्ट र श्रेयस आय्यरले १८–१८ रन बनाए। वेंकटेश अय्यर ५ र मिचेल स्टार्क १ रनमा नटआउट रहे।
दिल्लीका अनरिख नार्खिऐले सर्वाधिक ३ विकेट लिए। इशान्त शर्माको नाममा २ विकेट रहँदा खलील अहमद र मिचेल मार्शले १–१ विकेट लिएका थिए।२७३ रनको विशाल लक्ष्य पाएको दिल्लीका लागि कप्तान ऋषभ पन्त र ट्रिस्टन स्टब्सबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन्।
पन्त र स्टब्सले अर्धशतक प्रहार गरे। पन्तले २५ बलमा ५५ रन बनाए भने स्टब्सले ३२ बल खेल्दै ५४ रन जोडे। दिल्लीका ओपनर डेबिड वानर १८ र पृथ्वी शा १० रनमा आउट भए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
कोलकाताका वैभव अरोरा र वरुण चक्रवर्तीले ३–३ विकेट हात पारे । मिचेल स्टार्कले २ विकेट लिँदा सुनिल नारायण र आन्द्रे रसेलले १/१ विकेट लिए।
यो जितसँगै कोलकाता तीन खेलमा ३ जित निकाल्दै आईपिएलको शीर्ष स्थानमा पुगेको छ। चार खेल खेलेको दिल्ली २ अंकसहित नवौं स्थानमा छ।बिहीबार आईपिएल अन्तर्गत गुजरात टाइटन्स र पञ्जाब किंग्सको खेल हुँदैछ। यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच