काठमाडौं । १३औं संस्करणको ‘आईईसी डिजाइनर रनवे’ फेशन शो सम्पन्न भएको छ । जोय कस्मेटिक नेपालको प्रस्तुतिमा शुक्रबार काठमाडौंमा भएको फेशन शो रनवे सेलिब्रिटीहरूका साथमा सम्पन्न भएको हो । फेशन शोमा अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मलिना जोशी, प्रियंका रानी जोशीलगायत चर्चित सेलिब्रेटी एउटै र्याम्पमा प्रस्तुत हुनुभएको थियो । शोमा उहाँहरू शो टपरको रूपमा विभिन्न आकर्षक पहिरनसहित र्याम्पमा प्रस्तुत हुनुभएको थियो ।
जोय कस्मेटिक नेपालको प्रस्तुति रहेको शोमा भारत, रसिया, सर्बियालगायत १३ अन्तर्राष्ट्रिय मोडलको समेत सहभागिता थियो । नेपालका २६ मोडलले पहिरनका नयाँ र आकर्षक डिजाइनहरू प्रस्तुत गरेका थिए । शोमा आइसी कलेजका २०२१ ब्याजका ७३ जना विद्यार्थीले डिजाइनरले तयार पारेका फरक-फरक पहिरन १५ सिक्वेलमा फेशन शो भएको थियो ।
आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले ‘आइइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेशन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेशनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनु रहेको बताउनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts