म्याग्दी । घोडेपानी अहिले लालीगुराँसले ढकमक्क भरिएको छ । समुद्री सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा रहेको घोडेपानी पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्य हो । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ।

पोखरादेखि नयाँ पुल, उल्लेरी भएर एकै दिन र घान्द्रुक भएर दुई दिनमा घोडेपानी पुग्न सकिन्छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको गुराँसको जङ्गल गण्डकी प्रदेशकै ठूलो मानिन्छ। नेपालमा पाइने ३२ मध्ये यहाँ स्रोह प्रजातिका लालीगुराँस पाइन्छ । बसन्त ऋतृमा पाखाभरी ढकमक्क फुल्ने लालीगुराँसले मनमोहक देखिन्छ।

घोडेपानीमा बसेका पर्यटक बिहानै करिब ४० मिनेट उकालो हिँडेर पुनहिलमा दृष्य अवलोकन गर्न पुगिन्छ ।पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे , मनासलु हिमालको अवलोकन गर्न सकिन्छ ।

घोडेपानी र पुनहिलमा घुम्न आउने पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले गुराँसे जंगलबीचमा रहेको कालीसारमा डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा लालीगुराँस पार्क निर्माण पनि गरिएको छ ।


![चेरी फूलले ढकमक्क बन्यो काठमाडौं [फोटोफिचर]](https://hita.dalfadev.com/wp-content/uploads/2024/03/cheri-phol-1.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता