कास्की । कास्कीको सदरमुकाम पोखरादेखि करिव ३८ कि.मी को दूरीमा सुन्दर गाउँ सिक्लेस अवस्थित छ । सिक्लेस गाउँ कास्की जिल्ला मादी गाउँपालिका को वडा नं १ मा पर्दछ । सिक्लेस गाउँमा करिव ४ सय घरधुरी रहेका छन् । सिक्लेस गाउँलाई गुरुङ भाषामा च्यीली भनेर चिनिन्छ । गाउँको नाम च्यीली कसरी रहन गयो भन्नेबारे विभिन्न किम्वदन्तीहरु रहेका छन् ।

च्यीली शब्दैबाट हालको सिक्लेस शब्द कसरी रहन गएको भन्ने बारे हालसम्म कसैले ठोस जवाफ दिन सकेको छैन । यद्द्पी सिक (क्ष्अप) भन्नाले विरामी र लेस (भिकक) भन्नाले कम वा अर्थात विरामी कम भएको गाउँ भएको हुँदाबाट सिक्लेअस नामाकरण हुुन गएको भनिन्छ तर यसमा कुनै ऐतिहासिके, वैज्ञानिक वा तथ्यपरक अर्थ भने नभेटिएको मादी गाँउपालिका वडा न १ का वडा अध्यक्ष देवी जङग गुरुङ्ग बताउछन ।

सिक्लेसमा हाल हर्पथर, लामाथरगैरीथर, धप्राङथर, सभाथर (कोइथर) गरी ५ वटा टोलहरु रहेका छन्। यहाँको प्रमुख पेशाको रुपमा कृषि र पर्यटन होपर्यटन क्षेत्र तर्फ हाल सिक्लेसमा २९ वटा सामूदायिक होमस्टेहरु रहेका छन् भने करिव ४६ वटा होटेलहरु सिक्लेस, कॉरीतसा हुगु र क्हफुचे क्षेत्रमा सञ्चालित छन् ।

समुद्री सतहदेखि २ हजार मिटर उचाइमा सिक्लेस गाउँ अन्नपूर्ण र लमजुङ हिमालको काखमा पर्दछ । बिहान सबेरै उठेर जहाँवाट हेर्दा पनि हिमाल छयाङ्गै खुलेको देखिन्छ। सिक्लेसबाट डेढ घण्टा उकालो हिंडेर २ हजार ३५० मिटरको उचाइ भएको राइजिङ डाँडामा पुग्नासाथ अन्नपूर्ण र लमजुङ हिमालको अवलोकन गर्न पाइन्छ ।

तमु (गुरुङ) हरुको अन्तिम पैतृक राज्य क्होलासोथरबाट पहिलो राज्य विस्तार गरेको सिक्लेस भएकोले यसलाई च्यीली क्ह्याल्सा अर्थात सिक्लेस राज्य भनेर पनि गुरुडहरुको प्येमा अध्ययन गरिन्छ । यो गाउँमा आफ्नै भाषा, संस्कार, संस्कृति र परम्परा भएको हुनाले गुरुडहरुको इतिहास अध्ययनको पाठशाला घर हो । नेपालको अक्षांश र देशान्तर दुबै रेखाबाट काटिदा कायम भएको मध्यबिन्दु कोरी यसै वडामा रहेको छ यसैगरी नेपालकै सवैभन्दा कम उचाईको हिमताल क्हफुचे हिमताल पनि यही वडामा पर्दछ ।

सिक्लेसले देशको मुख्य राजनैतिक महत्त्वमा पनि ठुलो भुमिका निभाएको छ । तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता बाबुराम भट्टराई मिति २०६३ साल असार २ गते सिक्लेसमा सार्वजनिक भएको र तत्कालिन सरकारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौलाले माओवादी नेताहरु प्रचण्ड, बाबुराम भट्टराईलाई हेलिकोप्टरमार्फत सिधै वालुवाटारमा सार्वजनिक गरी शान्ती सम्झौताको रेखा कोरेको हुनाले विस्तृत शान्ती सम्झौताको प्रस्थान विन्दुको रुपमा नेपाली राजनितिको इतिहासमा सिक्लेसलाई लिने गर्छ ।



फाेटाे : मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts