गाजामा प्रभावकारी सहायता पुर्‍याउन तत्काल युद्धविराम आवश्यक : गुटेरेस

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा मानवीय सहायताको प्रभावकारी वितरणका लागि मानवीय युद्धविरामको आवश्यक रहेको बताउनुभएको छ ।

जोर्डनका विदेशमन्त्री अयमान सफादीसँग अम्मानमा भएको संयुक्त पत्रकार सम्मेलनमा संयुक्त राष्ट्र प्रमुखले जीवन बचाउने सहायताका सबै अवरोध हटाउने र गाजामा उनीहरूलाई पुर्‍याउन थप प्रवेश बिन्दुहरू खोज्न आफूले जोड दिने बताउनु भयो ।

इजरायलले अन्तर्राष्ट्रिय वैधानिकताका निर्णयहरू पालना गर्नुपर्ने सफादीले बताउनु भयो । आफूहरुको आधारभूत माग भनेको लडाइँ रोक्न र घेरामा परेको एन्क्लेभमा मानवीय सहायता पुर्‍याउनु रहेको बताउनु भयो ।

ADVERTISEMENT

उहाँले युद्ध समाीत भएसँगै गाजावासीको त्रास पनि समाप्त हुने बताउनु भयो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?