काठमाडौं । एञ्जल्स हार्ट स्कुल फुटबल क्लब गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा पराजित भएको छ । अस्ट्रेलियाको गोल्ड कोस्टमा मंगलबारदेखि सुरु प्रतियोगिताको पहिलो खेलमा क्यारिना फुटसलले एञ्जल्स हार्टलाई ९-१ गोलले पराजित गरेको टिम व्यवस्थापक सुमन तिमल्सिनाले जनाउनुभएको छ । एञ्जल्स हार्टका लागि अभिनम गौतमले गोल गर्नुभयो ।
एञ्जल्स हार्ट समूह ‘सी’ मा रहेको छ । यो समूहमा एञ्जल्स हार्टसहित पाँच टिम छन् । बुधबार एञ्जल्स हार्टले इप्सविच फुटसलसँग खेल्नेछ । जनवरी १९ मा दुई खेल्ने एञ्जल्स हार्टले इस्ट सिटी वुल्भ्स र बुन्दवर्ग वाइल्ड क्याट्सको सामना गर्नेछ । एञ्जल्सका सबै प्रतिद्वन्द्वी टोली अस्ट्रेलियाका हुन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता