भोजपुर । नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा खोटाङको दिक्तेल हुदै भोजपुर आई पुगेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको टिम भोजपुर आई पुगेको हो । टोलीलाई खोटाङ हुँदै भोजपुर प्रवेश गर्ने मार्ग चखेवा भञ्ज्याङमा स्वागत गरिएको छ ।
सोक्रममा ओलीले टेम्केमैयुङ गाउँपालिकाको केन्द्र अन्नपूर्णामा सम्वोधन गर्ने कार्यक्रम छ । पार्टी अध्यक्ष ओलीबाट सोक्रममा भोजपुरका बिभिन्न कार्यक्रममा सहभागि हुदै सम्वोधन गर्ने, जिल्लामा बनेको अन्तरािष्ट्रय स्तरको रंगशालाको उदघाटन गर्ने, माग पत्र बुझने, धातु उद्योगीहरुसँग अन्तरक्रिया, सर्वदलिय माग पत्र बुझने लगायतका कार्यक्रम हुने छन । टोलीमा सहभागि हुने तीन सयको लागि नेता तथा कार्यकर्ताको ५७ वटा घरमा बस्ने ब्यवस्था समेत मिलाईएको छ ।
नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको अभियान मङ्सिर १४ गते पुष्पलाल लोकमार्गको अन्तिम बिन्दु बैतडीको झुलाघाट स्थित महाकाली नदी किनारबाट सुरु भएको थियो भने आगामी पुष १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।
संकल्प यात्राको टोली २७ गते भोजपुरमा बास बसेर बिहिवार जिल्लाको पूर्वी पौवादुङमा र अरुण गाउँपालिकाको हुने कार्यक्रमहरुमा सहभागि हुदै धनकुटा प्रवेश गर्ने कार्यक्रम रहेको एमाले भोजपुरले जनाएको छ ।










This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts