धनुषा । जनक नन्दनी गाउँपालिका-२ बलहाटोल बस्ने १८ वर्षीय कैफ नदाफको हत्या गरेको अभियोगमा २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय सहमद नदाफ र २२ वर्षीय जासिम नदाफ रहेका छन् । सोही ठाउँस्थित आँपको बगैचामा उनीहरूले कैफलाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि भारत जयनगर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts