
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले शिक्षा, स्वास्थ्य, रोजगार जस्ता क्षेत्रमा साझा प्रतिवद्धताका लागि बिमस्टेक लगायतका साझा संरचनाको आवश्यकता रहेको बताउनुभएको छ ।
सोमवारको प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले प्रश्तुत गर्नुभएको विमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रश्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रश्तावमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले अहिले पारस्परिक सहयोग, सद्भाव र आपसी समझदारी मानव जातिका निम्ति आवश्यक रहेको बताउनु भयो । उहाँले आपसी सहयोग, पर्यावरणीय सन्तुलन, पारस्परिक एक आपसमा जोडिएका विषयहरुको साझा प्रतिवद्धता, रोजगारी सिर्जना, कृषिमा आधुनिकीकरण, अन्तर्राष्ट्रिय आतंकवादका बिरुद्धमा मिलेर अघि बढ्ने कुरा, गरिवीसित उन्मुलन सम्बन्धको विषय, जो २०३० सम्ममा दिगो विकास लक्ष्यमा हामी पनि सहभागी हुँदै अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो बेला पारस्परिक सहयोग, सद्भाव र आपसी समझदारी मानव जातिका निम्ति आवश्यक छ । त्यो परिपूर्ण गर्नको निम्ति यो बिमस्टेक चार्ट अनुमोदन आवश्यक छ । यस भित्रका कतिपय विषयहरु होलान् तर पनि आजको दुनियाँमा यि कतिपय कुराहरुबाट हाम्रो देशलाई अलग राख्न सक्दैनौँ । त्यसैले आपसी सहयोग, पर्यावरणीय सन्तुलन, पारस्परिक एक आपसमा जोडिएका विषयहरुको साझा प्रतिवद्धता, रोजगारी सिर्जना, कृषिमा आधुनिकीकरण, अन्तर्राष्ट्रिय आतंकवादका बिरुद्धमा मिलेर अघि बढ्ने कुरा, गरिवीसित उन्मुलन सम्बन्धको विषय, जो २०३० सम्ममा दिगो विकास लक्ष्यमा हामी पनि सहभागी हुँदै अघि बढेका छौँ । त्यो प्रमुख एजेण्डा हो । शिक्षा, स्वास्थ्य, रोजगार जस्ता क्षेत्रमा साझा प्रतिवद्धता र मानवीय सामाजिक जीवनको खोजि र विभिन्न प्रकारका प्राकृतिक र अन्य रुपमा अइपर्ने विपद्हरुको साझा व्यवस्थाको निम्ति बिमस्टेक जस्ता कतिपय साझा संरचनाको आवश्यकता छ ।’
उहाँले विभिन्न प्रकारका प्राकृतिक र अन्य रुपमा अइपर्ने विपद्हरुको साझा व्यवस्थाको निम्ति बिमस्टेक जस्ता संरसचनाको आवश्यक रहने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच