रारामा पहिलोपल्ट कर्णाली प्रदेश स्तरिय कवड्डी प्रतियोगिता हुने

निर्पेन्द्रबहादुर मल्ल
निर्पेन्द्रबहादुर मल्ल
Read Time = 2 mins

मुगु । कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा अवस्थित नेपालकै ठूलो तथा गहिरो ताल राराताल रहेको क्षेत्रमा कर्णाली प्रदेश स्तरिय कवड्डी प्रतियोगितमको आयोजना गरिने भएको छ । खेलकुदका माध्यमवाट राराको प्रचारप्रसार गरि पर्यटन प्रवर्द्धनमा सघाउ पुगोस भन्ने उद्देश्यले पहिलो पटक पर्यटकिय स्थल रारामा कवड्डी खेलको आयोजना गर्न लागेको जिल्ला खेलकुद विकास समिति मुगुका अध्यक्ष बिरेन्द्रबहादुर मल्लले बताउनु भयो । आगामी बैशाख महिनाको दोस्रो हप्ता कर्णाली प्रदेशका १० वटै जिल्लाका कवड्डी खेलाडीहरूको सहभागितामा उक्त खेलको आयोजना हुने बताईएको छ ।

आवश्यक पुर्वाधार अभावका कारण प्रायः खेल गतिबिधि न्यून हुँदा विभिन्न खेल बिधाका खेलाडीहरू खेल खेल्न बाट बन्चित रहँदै आएका छन् । मुगु जिल्ला सदरमुकाममा हाल सम्म पनि कुनै पनि किसिमको उपयुक्त खेल मैदान, कवर्डहल, नहुँदा मुगुका खेलाडीहरू खेल खेल्ने अधिकार बाट बन्चित हुँदै आएका छन् ।

ADVERTISEMENT

कर्णाली प्रदेश सरकार, रारा राष्टिय निकुञ्ज र जिल्ला स्तरमा पटक-पटक समन्वय बैठकहरू गरी कवड्डी खेलको लागि पर्याप्त समतल चौर भएको राराको तल्लो मिलीमा आगामी बैशाखको ११ गते देखि १५ गते सम्म खुल्ला महिला तथा पुरूष कवड्डी खेलको आयोजनाको लागि सहमति जुटेको अध्यक्ष मल्लले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *