काठमाडौं । नेपाल आइस हक्की संघको चुनावी साधारणसभाले भुवन पाठकलाई अध्यक्षमा निरन्तरता दिँदै ११ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ ।
उपाध्यक्षमा विजय खड्का, गणेशप्रसाद रिमाल र मनोजकुमार ढुंगेल, महासचिवमा राजेश रिजाल, सचिवमा दीपकराम नेपाल तथा कोषाध्यक्षमा ठाकुरप्रसाद पौडेल रहनुभएको छ । प्रज्ज्वल थापा, दिपेन योकपाङदेन, कमलेशकुमार मण्डल र प्रतीक लोहनी सदस्यमा चयन हुनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता