बालकोटमामा एमाले सचिवालय बैठक जारी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेको आकस्मिक रुपमा सचिवालयको बैठक बसिरहेको छ । बिहान ७ बजेदेखि पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक बसिरहेको हो ।

एमालेको सचिवालय बैठक २५ गते बस्ने तय भएको थियो । तर सत्ता गठबन्धनमा आएको संकटसँगै एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बसेको हो ।

बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग सम्बन्धी (टिआरसी) विधेयकको विषयमा पनि छलफल भइरहेको बताएको छ । विधेयकको संशोधन मस्यौदा प्रतिवेदनका विषयमा पनि छलफल हुने बताइएको छ ।

ADVERTISEMENT

यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बैठक स्थगित गरेका छन् । सोमबार विहान बस्ने भनिएको सत्तागठबन्धनको बैठक स्थगित गरेर प्रचण्डले एमालेसहितका दलसँग छलफल गर्ने तयारी गरेको बालुवाटार स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज