काठमाडौं । सोमबार बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयकको विषयमा छलफल गर्न आज बिहान ८ बजे का लागि बोलाइएको थियो । तर उक्त बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

वर्तमान गठबन्धनको बैठक स्थगित गरेर पुष्पकमल दाहाल प्रचण्डले एमालेसहितका दलहरूको बैठक बोलाएको बालुवाटार स्रोतले जनाएको छ ।
आइतबार माओवादीसहित एमाले र रास्वपालगायत दलहरूबीच नयाँ गठबन्धनको विषयमा छलफल भएको थियो ।







