काठमाडौं । बबिना भट्टराईको स्वरमा रहेको गीत ‘गुनासो’ सार्वजनिक भएको छ । सरला श्रेष्ठको शब्द रचना, बबिनाकै संगीत, साहस शाक्यको संगीत संयोजन र प्रकाश खरेलले मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा बबिना आफैंले अभिनय गर्नुभएको छ । उहाँलाई भिडियोमा गाउँदै गरेको देख्न सकिन्छ । गीतको भिडियो झिल्को क्रियसनले तयार गरेको हो ।






