काठमाडौं । लैनचौर तेक्वान्दो डोजाङको आयोजनामा लैनचौर काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगिताअन्तर्गत ग्योरोगीमा १८ र पुम्सेमा ८ गरी जम्मा २६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजाङका अध्यक्ष रामबहादुर रजकले जनाउनुभएको छ ।
करिब ४०० खेलाडीको सहभागिता रहने डोजाङ प्रमुख गौरव रजकले जानकारी गराउनुभयो । एकदिने प्रतियोगिताका खेलहरू लैनचौर खेल मैदानमा हुनेछ ।






