काठमाडौं । शंकर थापा ‘स्माइल’ संगीतकार संघ नेपालको केन्द्रय सचिव पदमा मनोनित हुनुभएको छ । काठमाडौंमा सम्पन्न संस्थाको १२औं साधारणसभाबाट थापा सर्वसम्मत निर्णयबाट सचिव पदमा मनोनित हुनुभएको हो ।
सचिव पदमा मनोनित भएलगत्तै थापाले संगीतकार संघको कार्यलयमा पद तथा गोपनीयताको शपथ लिनुका साथै कार्यभार ग्रहण गर्नुभएको छ । उहाँलाई संघका अध्यक्ष चेतन सापकोटा, महासचिव वसन्त सापकोटा, कोषध्यक्ष राजेश थापालगायत पदाधिकारीले स्वागत गर्नुभएको थियो ।
गतवर्ष सम्पन्न निर्वाचनमा थापा कार्यसमिति सदस्य पदमा निर्वाचित हुनुभएको थियो । सदस्य पदमा रहेर थापाले संस्थाको वृहत्तर हितका लागि विभिन्न कार्यक्रममा नेतृत्वदायी भूमिका निर्वाह गरेका कारण उहाँलाई सचिव पदमा सर्वसम्मतिले मनोनयन गरेको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।
सोही सभाले संगीतकार योगेन्द्र उपाध्याय निरौलालाई सदस्य पदमा मनोनयन गरेको छ । संगीतकार उपाध्यायले पनि पद तथा गोपनीयताको शपथ लिनुका साथै पदभार ग्रहण गर्नुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता