वाफ वुमन्स च्याम्पियनसिप : नेपालको सानदार सुरुवात

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं – वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । मंगलबार साँझ सम्पन्न खेलमा सिरियालाई ४–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितमा नेपालले विजयी सुरुवात गरेको हो ।

साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको खेलमा नेपालका लागि अमिसा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एकरएक गोल गरे ।

नेपालको तर्फबाट खेलका १० औं मिनेटमा अमिसा कार्कीले गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन । त्यसको तीन मिनेट मै अनिता बस्नेतले कर्नर मार्फत सुन्दर गोल गरिन् । त्यस्तै नेपालका लागि १९ औं मिनेटमा सावित्रा भण्डारीले अर्को गोल गर्दैै खेललाई ३–० शुन्यको अवस्थामा पुर्याएकी थिइन् ।

खेलको ४२ औं मिनेटमा सिरियाले एक गोल फर्काएको थियो । खेलको दोस्रो हाफमा नेपालले एक गोल थप्यो । नेपालका लागि खेलको ६९ औं मिनेटमा रेखा पौडेलले गोल गरिन् ।

ADVERTISEMENT

नेपाली महिला फुटबल टोलीले पहिलोपटक पश्चिम एसियाको प्रतिष्ठित वाफ च्याम्पियनसिपमा सहभागिता जनाएको हो। मध्यपूर्व एसियाली फुटबलको हब बनिरहेको अवस्थामा नेपालले पनि त्यहाँ प्रतियोगिता खेल्ने अवसर पाएको हो।

अब नेपालले १० गते इराक र १२ गते प्यालेस्टाइनसँग खेल्नेछ। यी टोली नेपालभन्दा कमजोर मानिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?