कालीकोट । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनोट भएका १० स्थानीय तहलाई भलिबलको मालाले सम्मान गरेको छ ।
प्रतियोगिताको उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समितिबाट सिफारिस भई आएका १० वटा स्थानीय तहलाई भलिबलको माला लगाएर सम्मान गरिएको हो ।
सम्मान पाउने स्थानीय तहहरुमा रुकुमको सानीभेरी गाउँपालिका, सुर्खेतको चौकुने गाउँपालिका, दैलेखको ठाँटीकाँध गाउँपालिका, कालीकोटको तिलागुफा नगरपालिका र जुम्लाको तातोपानी गाउँपालिका रहेका छन् ।
त्यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिका, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका, जाजरकोटको छेडागाँड नगरपालिका, सल्यानको कपुरकोट गाउँपालिका र मुगुको सोरु गाउँपालिका रहेका छन् ।
कर्णाली प्रदेशस्तरीय १४ ओैं राष्ट्रपति रनिङ शिल्ड कार्यक्रममा कर्णाली प्रदेश भित्र रहेका स्थानीय तह मध्ये १० जिल्लाका १० स्थानीय तहहरुमा कालीकोटबाट तिलागुफा नगरपालिकालाई उच्च सम्मान गरेकोमा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले धन्यवाद दिनुभएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत कर्णाली प्रदेश खेलकुद परिषद्लाई विशेष धन्यवाद व्यक्त गर्नुभएको हो । साथै उहाँले यस उच्च सम्मानले थप खेलकुद क्षेत्रमा लगानी गर्न आफूलाई उत्प्रेरित गरेको समेत बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts